© 2018-2023 by NepaliLadiesSanjh.Com. All rights are reserved.

  • w-facebook
  • Twitter Clean
  • White Instagram Icon
  • White YouTube Icon

News Update

  • USNepalOnline

न्यू योर्कमा 'नेपाली लेडिज साँझ-६ आगामी जुन २ तारिख हुँदै, स्लिमिङ बन्ने लहर



Exclusive: न्यू योर्क- न्यू योर्कका नेपाली महिलाहरुले सन् २०१२ देखि भब्यतापूर्वक मनाउँदै आएको "नेपाली लेडिज साँझ" यसपाली जुन २ तारिख शनिवार न्यू योर्कको ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा आयोजना गरिने जानकारी आयोजकहरुले गराएकाछन् । बिगतका वर्षहरूमा जस्तै यस पटक पनि नेपाली महिलाहरुको ट्यालेण्टलाई प्रस्तुत गरिने छ । न्यू योर्कका नेपाली दिदि-बहिनीहरुले यसै साँझलाई लक्षित गरी डाईटिङ गर्ने र शारिरिक ब्यायम गरी को भन्दा को कम बन्ने लहर नै चलेको छ । एक जना महिलाले आफूले १४ पाउण्ड बजन घटाएको रोचक कुरा युएसानेपालअनलाईनलाई खुलाशा गर्दै भनिन्-"हाम्रो लेडिज साँझको हरेक वर्शको फोटोहरु रहेको वेबसाईड पनि बनिसकेछ । यसो फोटो हेर्छु त आफूलाई अरु भन्दा मोटी पो देख्छु त । यसपालीको मेरो फोटो हेर्नुहोला, मैले धेरै मिहिनेत गरेर आफूलाई स्लिम पारेकिछु ।" उनले बजन घटाए पछि आफू थप जाँगरिलो र स्वस्थ महसुस भएको र शरिरमा थकान हुन छोडेको उल्लेख गरिन् ।


नेपाली लेडिज साँझ आयोजक समितिले हरेक वर्षको आयोजनाको मुनाफाबाट नेपाल र अमेरिकामा सामाजिक सेवामा सहयोग पुर्याउँदै आएको छ । उक्त साँझले सन् २०१३ मा नेपालकि साबिका थापालाई किड्नी ट्रान्स्प्लाण्टको लागि सहयोग गरेको थियो भने सन् २०१४ मा न्यू योर्क कि प्रासा तुलाधरलाई फोक्सोको उपचारको लागि सहयोग पुर्‍याएको थियो । सन् २०१७ मा एनआरएन महिला उम्मेद्वारहरुको स्वायत तथा अन्तरकृया कार्यक्रम र गोर्खाअल्याण्ड आन्दोलनका पिडितहरुलाई राहत पुर्‍याएको थियो ।

त्यसैगरी, सन् २०१६, २०१७ र २०१८ मा नेपाली बालबालिकाहरुको किड्स ट्यालेण्ट कार्यक्रम सफलता पूर्वक सम्पन्न गरिसकेको छ जसमा डेढ सयभन्दा बढी न्यू योर्कका बालबालिकाहरु सहभागी भएर आ-आफ्नो प्रतिभा प्रदर्शन गर्ने र नयाँ कुरा सिक्ने मौका पाएका थिए ।


Read news updaate at: http://www.usnepalonline.com/usa/nepali-ladies-sanjh-6-being-held-in-ny-on-june-2nd-news-on-may-29-2018.html

7 views